इ‌ङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेड इपस्विच टावनसँग बराबरीमा रोकिएको छ ।

आइतबार राति पार्टमन रोडमा ३० हजार समर्थकमाझ म्यान्चेस्टर युनाइटेडले घरेलु टोली इपस्विच टावनविरुद्ध १-१ गोलको बराबरी खेलेको हो । यद्यपि खेलमा अग्रता युनाइटेडले लिएको थियो ।

खेलको दोस्रो मिनेटमै मार्कुस रसफोर्डले युनाइटेडलाई अग्रता दिलाएका थिए । टावनका लागि ४३औं मिनेटमै ओमारी हुटचिनसनले बराबरी गोल गरेका हुन् ।

प्रशिक्षक रुवेन एमोरिमको आगमनसँगै युनाइटेडले नयाँ मोड लिने आशा गरिएको छ । तर, पहिलो खेलमै उनी अंक बाढ्न बाध्य भएका छन् ।

बराबरपछि १२ खेलबाट १६ अंक जोडेको युनाइटेड १२औं स्थानमा छ । टावन ९ अंकसहित रेलिगेशन क्षेत्रमै छ । लिभरपुल ३१ अंकसहित शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *