दोस्रो स्व. अभिषेक थापा स्मृति यु-२२ फुटबल प्रतियोगिता २०८१ को उपाधिको लागि आयोजक बरगाछी युवा समूह ‘क’ र बस्ता स्पोर्टिङ क्लब भिड्ने भएका छन् ।

बिराटनगर-१ स्थित परोपकार खेल मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा बेलबारी फुटबल क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै आयोजक बरगाछी युवा समूह ‘क’ फाइनलमा प्रवेश गरेको छ ।

बरगाछीको जितमा नबिन न्यौपाने र कबिन्द्र लिम्बुले समान २-२ गोल गरे । बेलबारीका लागि सुजन सरदारले सान्त्वाना गोल फर्काए । खेलको म्यान अफ दि म्याच बरगाछी युवा समूह ‘क’ का मणि मगर चुनिए ।

फाइनल खेल शुक्रबार हुनेछ । लागू औषध दुर्व्यसनी न्युनिकरण गर्न “स्वास्थ्य जीवन, मस्त जीवनका लागि खेलकुद'” भन्ने मूल नारा सहित बरगाछी युवा समूह, बिराटनगरले आयोजनामा गरेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ३० हजार तथा उपविजेताले २० हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले आकर्षक पुरस्कार सहित ट्रफी र प्रमाणपत्र पाउने खेल संंयोजक सन्जोग गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *