इन्टर मियामी मेजर लिग सकरको प्लेअफबाटै बाहिरिएको छ । आइतबार बिहान भएको खेलमा एटलान्टा युनाइटेडसँग ३-२ ले पराजित हुँदै मियामी प्रतियोगिताबाट बाहिरिएको हो ।
एटलान्टाको जितमा जमाल थियारेले २ तथा ब्राटोस्ज सिलिजले १ गोल गरे । मियामीकालागि माटियस रोजस र लियोनेल मेसी गोल गरे ।
स्टार खेलाडी लियोनेल मेसी सहित मैदानमा उत्रिएको मियामीले खेलको १७ औं मिनेटमै सुरुआती अग्रता लिएको थियो । तर, माटियस रोजसको सो अग्रता दुई मिनेटभन्दा बढी कायम रहन सकेन । चार मिनेटभित्र दुई गोल गर्दै जमाल थियारेले युनाइटेडलाई अग्रता दिलाए ।
कप्तान लिओनल मेसीले हेडर गोल गर्दै मियामीलाई पुनः खेलमा फर्काएका थिए । तर, त्यसको ११ मिनेटपछि नै ब्राटोस्ज सिलिजले गोल गर्दै युनाइटेडलाई जित दिलाए ।
