साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि काठमाडौँमा शुरु हुँदैछ । आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिदैछन् ।

नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

प्रतियोगिताको पहिलो खेल विहिबार भारत र पाकिस्तानबीच हुदै छ । यो खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुँदैछ ।

नेपालले भने शुक्रबार पहिलो खेलमा भुटानको सामना गर्दै छ । नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *