वेस्ट इन्डिजलाई दोस्रो सेमिफाइनलमा पराजित गर्दै न्युजिल्यान्ड युएईमा जारी टि ट्वान्टी महिला विश्व कपको फाइनल प्रवेश गरेको छ ।

तेस्रो पटक फाइनलमा स्थान बनाएको न्युजिल्यान्डले बिहीवार भएको खेलमा वेस्ट इन्डिजमाथि ८ रनको जित हासिल गरेको हो । यसअघि, न्युजिल्यान्डले सन् २००९ को पहिलो तथा सन् २०१० को दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको थियो ।

सारजहामा १ सय २९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २० रन मात्र जोड्न सक्यो ।

वेस्ट इन्डिजका लागि दिरेन्द्र डटइनले २२ बलमा सर्वाधिक ३३ तथा अफा फ्लेचरले १५ बलमा १७ रन जोडे । कप्तान हेलि म्याथ्युजले २१ बलमा १५ तथा जाइदा जेम्सले ८ बलमा १४ रन बनाइन् । न्युजिल्यान्डका लागि इडन कारसनले ३, अमिली केरले २ तथा फ्रान जोन्स, लि तहुहु र सुजि बेट्सले समान १ रन बनाइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।न्युजिल्यान्डकी जि बट्सले २८ बलमा २६, जर्जिअ प्लामिरले ३१ बलमा ३४ तथा इसाबेल ग्रीनले २० रन बनाइन् । वेस्ट इन्डिजकी दिरेन्द्र डटइनले ४, अफा फ्लेचरल २ विकेट लिइन् ।

न्युजिल्यान्डले आइतवार उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *