मोरङको बुढीगंगा गाउँपालिका-२ बौराहामा आयोजित चौथो बौराहा फुटबल प्रतियोगिता २०८१ को उपाधि जुनियर डेभलपमेन्ट क्लब, ग्रामथान-२, पिडारबनीले जितेको छ ।

बुढीगंगा गाउँपालिका वडा नं.२ स्थित श्री कालि दुर्गा मन्दिरको खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा जुनियरले नव प्रतिभा युवा क्लब दुहबीलाई १-० को गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

बौराहा युवा क्लब अध्यक्ष प्रमोद कुमार माझीका अनुसार प्रतियोगितामा मोरङ र सुनसरीका गरि १२ वटा क्लबको सहभागिता रहेको थियो ।

प्रतियोगिताको बिजेता जुनियर डेभलपमेन्ट क्लबले नगद ३१ हजार रुपियाँ तथा दोश्रो हुने टिम नव प्रतिभा युवा क्लबले नगद २१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

विजयी खेलाडीहरुको टोलीलाई कार्यक्रमका प्रमुख अतिथि पुर्व अर्थ मन्त्री तथा कोशी प्रदेश मोरंग क्षेत्र नं. ६ (१) का निर्वाचित प्रदेश सभा सदस्य जीवन आचार्य, बुढीगंगा गाउँपालिकाका पुर्व अध्यक्ष श्री बालचन्द्र माझी, वर्तमान बुढीगंगा गाउँपालिका वडा नं २ का अध्यक्ष रेवती नारायण चौधरी तथा उपाध्यक्ष अमृता गच्छदार लगायतले पुरस्कार प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *