अर्जुन काफ्ले, पथरी

किर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा येले स्पोर्टिङ्ग क्लब विजयी हुँदै क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।

मोरङको पथरीशनिश्चरे ७ किर्तिपुरमा भएको खेलमा येलेले अमरदह फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गरेको हो ।

निर्धारित समयको खेल बराबरी भएपछि नतिजाका लागि टाइब्रेकर सम्म पर्खिनु परेको हो । खेलको म्यान अफ दि म्याच येलेका सर्मस लिम्बु घोषित भए ।

बुधवार सुनौलो कल्याण स्पोर्टिङ्ग र सुन्झोडा युवा फुटबल क्लबबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *