नटिङघम फरेस्टले इङ्ग्लिस प्रिमियर लिगमा सोमबार क्रिस्टल प्यालेसविरुद्ध १-० को कठिन जित निकालेको छ ।
सिटी ग्राउन्डमा घरेलु टोलीलाई जित दिलाउन क्रिस उडले गरेको एकमात्र गोल निर्णायक बन्यो। उसले खेलको ६५ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै नटिङघम आठ खेलमा १३ अंकका साथ आठौं स्थानमा उक्लिएको छ । पराजित क्रिस्टल समान खेलबाट तीन अंकका साथ १८औं स्थानमा छ ।
