पथरी | पुल्चोक फुटवल क्लब किर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।
मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा शनिबार भएको क्वाटरफाइनल खेलमा उर्लाबारीको चाँदनी युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुल्चोकले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।
पुल्चोककोलागि निर्णायक गोल सौगात बिकले गरे । बिकले पेनाल्टि मार्फत गोल गरे ।
पहिलो हाफमा दुबै टिमले बराबरी खेले पनि दोश्रो हाफमा चाँदनीका खेलाडि बिकल राईले डि एरियाको बललाई हातले बाहिर पठाए पछि मुख्य रेफ्रीले पेनाल्टि पुल्चोकलाई पेनाल्टि प्रहारको अवसर दिए । सौगातले प्रहारले जाली चुमे पछि पुल्चोकले अग्रता कायम गर्यो । बिकल रातो कार्ड पाउँदै मैदान छाड्न पुगे ।
खेलको म्यान अफ दि म्याच गोलकर्ता सौगात बिक घोषित भए । सोमबारको खेल रमाइलो युवा क्लब र हनुमान युनाइटेड बिच हुनेछ । न्यु स्टार क्लबले आयोजना गरेको फुटवलको फाइनल कार्तिक ९ गते हुने छ ।
