नेपाल अभ्यास खेलमा अमेरिकाको दोस्रो रोजाईको टोलीसँग पराजित भएको छ। मंगलबार राति भएको पहिलो अभ्यास खेलमा अमेरिका ‘ए’ सँग नेपाल चार विकेटले पराजित भएको हो।

नेपालले पहिलो रोजाईका खेलाडी नै मैदान उतारेको थियो। तर, ५० ओभरको खेलमा १०० रन पनि पुऱ्याउन सकेन। नेपालले २५.३ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको थियो। ८१ रनको सामान्य लक्ष्य अमेरिकाले २३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।

नेपालका कुशल मल्लले १८, देव खनालले १२ र भीम सार्कीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

अर्जुन साउद पाँच, अनिलकुमार साह शून्य, कुशल भुर्तेल दुई, रोहितकुमार पौडेल आठ, दीपेन्द्रसिंह ऐरी पाँच, आरिफ शेख दुई र सन्दीप लामिछाने सात रनमा पभिलियन फर्किए। करण केसी सात रनमा अविजित रहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *