भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्टको पहिलो दिनको खेल वर्षाका कारण प्रभावित भएको छ ।

न्युजिल्यान्ड ३ खेलको टेस्ट सिरिजका लागि भारत भ्रमणमा रहेको छ । भारतको बेंगलुरुमा रहेको चेन्नास्वामी क्रिकेट स्टेडियममा पहिलो दिनको खेल वर्षाका कारण टस समेत हुन नसकि स्थगित भएको हो ।

बिहीवार खेल १५ मिनेट छिटो सुरु हुनेछ । सामान्यतया दिनमा ९० ओभरको खेल हुनेमा बिहीवार भने ९८ ओभरको खेल हुनेछ । तर, बिहीवार पनि मौसमको अवस्था राम्रो देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *