एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए) मा काठमडौं स्पाइकर्सले लगातार तेस्रो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार मधेश युनाइटेडविरुद्ध ३-१ सेटको पुनरागमन जित निकाल्यो ।
पहिलो सेट १५ २५ ले गुमाएको काठमाडौंले त्यसपछिका तीन सेट २५-२३, २५-१५, २५-१८ ले आफ्नो पक्षमा पार्दै विजय यात्रालाई कायम राख्यो ।
जितसँगै चार खेलमा ९ अंक जोडेको काठमाडौं शीर्ष स्थानमा उक्लिएको छ । चारै खेलमा पारजित मधेश अंकविहन हुँदै पुछारमा छ ।
बिहिबार दिनको दोस्रो खेलमा चितवन शक्तिले कर्णाली यसभिस र तेस्रो खेलमा ललितपुर कुइन्सले गण्डकी थण्डर्सको सामना गर्नेछ ।
