नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।

क्यानले आफ्नो स्वामित्वमा नेपाल प्रिमियर लिग-एनपीएल आयोजना गर्ने तयारी गरिरहेका बेला प्रतियोगिताको स्वामित्वलाई लिएर आमिरले ध्यानाकर्षण गराएका हुन्। क्यानले एनपीएल मंसिर १६ गतेबाट आयोजना गर्ने तयारी गरिरहेको छ।

आमिरले एनपीएलसम्बन्धी सम्पूर्ण अधिकार आफ्नो रहेको दावी गर्दै क्यानले बेवास्ता गरेर प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गरेका छन्।

उनले नेपाल प्रिमियर लिग प्रालि र नेपाल क्रिकेट संघ (क्यान) बीच सहमति गरेर मात्र एनपीएल आयोजना गर्न आग्रह गरेका छन्। क्यानले सहमति गरेमा आफूले नेपाल प्रिमियर लिग प्रालि नामसारी गरिदिने पनि उल्लेख गरेका छन् ।

उनले त्यसका लागि ७ दिनको समय सीमा पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *