डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका जारी आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १७ .२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउदै १३४ रन बनाएको थियो ।
टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले पहिलो पटक अस्ट्रेलियालाई पराजित गरेको हो । ६ पटकको विश्वकप विजेता अस्ट्रेलिया २००९ पछि पहिलोपटक सेमिफाइनलबाट बाहिरिएको छ ।
यो सँगै दक्षिण अफ्रिकाले अब फाइनलमा न्यूजील्याण्ड र वेस्ट इन्डिजबीचको विजेतासँग आइतबार खेल्ने छ ।
