अन्ततः कोर्ट उत्रिए चितवन र ललितपुर

२०८१, १८ आश्विन शुक्रबार १७:४३

एभरेस्ट महिला भलिबल लिगअन्तर्गत अन्तिम दिनको खेल सुरु हुन ढिला गरि सुरु भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा दिउँसो ३:४५ बजे चितवन शक्ति र ललितपुर क्विन्सको खेल हुने तय थियो।

हन्टबाट कर्णाली कर्णाली एसभिएस, गण्डकी थन्डर्स र काठमाडौं स्पाइकर्सले नियमविपरीत खेलाडी छनोट गरेको भन्दै चितवन र ललितपुर कोर्टमा उत्रिन अस्वीकार गरेपछि झन्डै एक घन्टा ढिला गरि खेल सुरु भएको हो।

कोर्टमा उत्रिन अस्वीकार गरेपछि आयोजक इन्फिनिटी ड्रिम्सले दुवै टोलीका व्यवस्थापक, प्रशिक्षक र कप्तानसँग छलफल गरेका थिए। छलफल पश्चात दुवै टोली कोर्ट उत्रिन तयार भएका हुन्।

काठमाडौंले ट्यालेन्ट हन्टबाट रितिका भट्ट र कर्णालीले सितासेन ठकुरीलाई छनोट गरेको थियो। तर, यी दुवै खेलाडीले यसअघि नै राष्ट्रियस्तरको प्रतियोगिता खेलिसकेको भन्दै चितवनले आपत्ति जनाएको हो। रितिका नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगदिश भट्टकी छोरी हुन्।

यस्तै, गण्डकीले सोइङ थापालाई यसरी नै छनोट गरेको आरोप लगाएको छ। दुवै टोलीले आआफ्नो उजुरीको सुनुवाइ नभएसम्म कोर्ट नउत्रिने अडान लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *