नेपाली महिला बास्केटबल टोली

नेपालले भारतको सिक्किममा जारी प्रदेशस्तरिय बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ सेमिफाइनल प्रवेश गरेको ।

सिक्किम बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा नेपालले सिलोङको डुबख क्लबविरुद्ध ५६-३२ को सहज जित निकाल्यो ।

लगातार दोस्रो जितसँगै नेपालले समूह ‘बी’ को विजेताका रूपमा अन्तिम चारमा स्थान पक्का गर्यो । पहिलो खेलमा नेपालले सिक्किमकै भल्किरिसलाई ५७-१९ ले परािजत गरेको थियो ।

नेपालले सेमिफाइनलमा मंगलबार अर्को नेपाली टोली आइएसए नेपालको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *