अञ्जिला युरोपियन लिग खेल्ने

२०८१, १८ भाद्र मंगलवार ०७:५२

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन्।

ग्रिसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट उनले खेल्न लागेकी हुन्। उनले एक वर्षको सम्झौता गरेकी छन्। लिग सेप्टेम्बर २९ बाट सिजन सुरु हुनेछ। उनले यसअघि भारत र पाकिस्तानमा लिग खेलेकी सकेकी छन्।

युरोपमा व्यवसायिक फुटबल खेल्ने उनी दोस्रो खेलाडी बनेकी छन्। फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्सको शीर्ष डिभिजनको क्लब ग्वेङगाम्पबाट दोस्रो सिजन खेल्दैछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *