लगातार पाँचौ खेलमा पराजित भएको भ्यानकुभर नाइट्सले क्यानाडाको ग्लोबल ट्वान्टी २० मा पहिलो जित निकालेको छ ।

आइतबार राति मोन्टेरियल टाइर्गस क्रिकेट क्लब पाँच विकेटले पराजित भयो ।

टोलीको जितमा सन्दीपले दुई विकेट हात पारे । पहिला ब्याटिङ गरेको मोन्टेरियलले एक सय १० रनको लक्ष्य प्रस्तुत गरको थियो । प्रत्युत्तरमा भ्यानकुभरले १८.४ ओभरमा पाँच विकेट गुमाएर जित निकाल्यो ।

भ्यानकुभरले सातौं खेलमा पुगेर प्रस्ट दुई अंक जोडेको छ । पाँच हार, एक जित, र एक टाइपछि टोली तीन अंकसहित पुछारमा छ ।

टोलीको जितमा रिजा हेन्ड्रिकले ३९, कप्तान उस्मान खवजाले ३१ रनको योगदान गरे । यसअघि मोन्टेरियलको लागि अज्मतुल्लाह ओमार्जाइले ३० र सेरफानले २२ रन जोडेका थिए । मोहम्मद अमिरले सर्वाधिक तीन विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *