नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० क्रिकेटको फ्रेन्चाइजी स्वामित्व किन्न विज्ञप्ति जारी गरेको छ ।

क्यानले शुक्रबार आफ्नै आयोजनामा हुने फ्रेन्चाइज टी-२० लिगका निम्ति क्लबको फ्रेन्चाइजी किन्न विज्ञप्ति जारी गरेको हो ।

क्यानले फ्रेन्चाइजी किन्न बिडिङ कम्पनी नेपालको कम्पनी रजिस्टारमा दर्ता भएको हुनुपर्ने कानुनी प्रावधान राखेको छ।

यस्तै, विदेशी कम्पनीको हकमा फ्रेन्चाइजीको स्वामित्व लिन चाहेमा सो कम्पनी नेपालका स्थानीय कम्पनीसँग ‘ज्वाइन्ट भेन्चर’ हुनुपर्ने क्यानले जनाएको छ । क्यानले फ्रेन्चाइजीका लागि बिडिङ गर्ने कम्पनी कुनै अपराधिक गतिविधि, आर्थिक धोखाधडी र अन्य गैरकानुनी कार्यमा दोषी ठहर भएको वा संलग्न देखिएको हुन नहुने पनि जनाएको छ ।

फ्रेन्चाइजीका निम्ति क्यानलाई फारम लिन एक लाख रुपैयाँ बुझाउनु पर्नेछ । क्यानले इच्छुक कम्पनीले अगस्ट १६ सम्म फारम बुझाउन म्याद दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *