अमेरिकाले चीनलाईपछि पार्दै पेरिस ओलम्पिकको शीर्षस्थानमा उक्लिएको छ ।

पेरिस ओलम्पिकमा अहिलेसम्म ७० देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७० देशले पदक जितेका छन् ।

जसमा अमेरिका १९ स्वर्ण, २६ रजत र २६ कांस्य पदक जितेर शीर्ष स्थानमा रहेको छ भने चीन १९ स्वर्ण, १५ रजत र ११ कांस्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै आयोजक फ्रान्स १२ स्वर्ण, १४ रजत र १८ कांस्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया १२ स्वर्णसहित ११ रजत र ८ कांस्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

ग्रेट ब्रिटेन १० स्वर्ण, १२ रजत र १५ कांस्य पदकका साथ पाँचौं स्थानमा छ । यस्तै दक्षिण कोरिया, जापान, इटाली, नेदरल्यान्ड्स र जर्मनी छैटौं देखि १०औं स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *