अमेरिकाले पेरिस ओलम्पिकमा आफ्नो अग्रतालाई १२औं दिनसम्म पनि कायम राखेको छ ।

प्रतियोगितामा बुधबार बिहानसम्म अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कांस्य पदक जितेको छ । अमेरिकालाई चीनले २२ स्वर्ण, २१ रजत र १६ कांस्य पदकका साथ पछ्याइरहेको छ ।

मंगलबार अमेरिकाले तीन स्वर्ण, एक रजत र तीन कांस्य पदक थपेको थियो । यता चीनले भने एक स्वर्ण, तीन रजत र दुई कंस्य पदक थप्यो ।

यसैगरी अस्ट्रेलिया १४ स्वर्ण १२ रजत र नौ कांस्य पदकका साथ तेस्रो र आयोजक फ्रान्स १३ स्वर्ण, १६ रजत र १९ कांस्य पदकका साथ चौथो स्थानमा छन्

ग्रेट ब्रिटेन १२ स्वर्ण, १५ रजत र १९ कांस्य पदकका साथ पाँचौं स्थानमा छ । यस्तै दक्षिण कोरिया, जापान, इटाली, नेदरल्यान्ड्स र जर्मनी छैटौं देखि १०औं स्थानमा छन् ।

हालसम्म ७६ देशले पदक तालिकामा उपस्थिती जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *