पेरिस ओलम्पिक-२४ को १३औं दिन पनि अमेरिका पदक तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ ।
प्रतियोगितामा बिहीबारका खेलहरु जारी रहँदा अमेरिका २७ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा छ । अमेरिकाले ३५ रजत र ३२ काश्यसहित कुल ९४ पदक जितेको छ ।
तालिकाको दोस्रो स्थानको चीनले २५ स्वर्ण पदक जितेको छ । कुल ६५ पदकमा कब्जा जमाएको चीनले २३ रजत र १७ काश्य चुमेको छ ।
तेस्रो स्थानको अस्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ काश्यसहित कुल ४१ पदक जितेको छ । चौथो स्थानको फ्रान्सले १३ स्वर्ण पदक जितेको छ । फ्रान्सले १७ रजत र २१ काश्य पदकसहित कुल ५१ पदक जितेको छ ।
यो सूचीको पाँचौ स्थानमा ब्रिटेन छ । ब्रिटेनले १२ स्वर्ण, १७ रजत र २० काश्यसहित ४९ पदक जितेको छ।

छैटौं स्थानको दक्षिण कोरियाले १२ स्वर्ण, आठ रजत र सात काश्यसहित २७ पदक जितेको छ । सातौं स्थानको जापानले पनि १२ स्वर्ण जितेको छ । कुल ३१ पदक जितेको जापानले ६ रजत र १३ काश्य जितेको छ ।
आठौं स्थानको इटालीले नौ स्वर्ण, १० रजत र आठ काश्यसहित २७ पदक जितेको छ । यो सूचीको नवौं र १० औं स्थानमा नेदरल्यान्ड्स र जर्मनी छन् ।
नेदरल्यान्ड्सले नौ स्वर्ण, पाँच रजत ६ काश्यसहित २० पदक र जर्मनीले आठ स्वर्ण, पाँच रजत र पाँच काश्यसहित १८ पदक जितेको छ ।
प्रतियोगिताको १३औं दिनसम्म ५३ देशले स्वर्ण पदक जितेका छन् । यस्तै, ४९ देशले रजत र ६२ देशले काश्य जितेका छन् ।
