विराटनगर स्थित जेएनएल फुटसलमा सम्पन्न यु-१४ फुटसल टुर्नामेन्टको उपाधि डिपिएस ऐकेडेमीले हात पारेको छ ।

प्रतियोगिताअन्तर्गत सोमाबर भएको खेलमा विराटनगर सिटी फुटबल क्लबलाई डिपिएस एकेडेमीले ३-२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । अतिसरक्त समयमा गोल हुन नसक्दा खेल पेनाल्टीसुटआउटमा गएको थियो ।

विजेता टोली डिपिएसले पेनाल्टीसुटआउट बाट उपाधि हात पार्दै नगद ५००० हजार रुपैयाँ ट्रफी र मेडल प्राप्त गर्न सफल बन्यो । त्यस्तै उपविजेता भएको बिसीएफसीले नगद २००० हजार रुपैयाँ सार्थे ट्रफी र मेडल प्राप्त गरेको छ ।

विजेता टोलीलाई प्रतियोगिताका प्रमुख अतिथि एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाले पुरस्कार वितरण गरेका हुन् ।

विराटनगर सिटि फुटबल क्ल्बले आयोजना गरेको उक्त प्रतियोगितामा ८ वटा यू १४ का टिमहरुले सहभागीता जनाएका थिए । बिसीएफसी, रानी आँखा, डिपिएस एकेडेमी, जेएनएल, जनपथ एकेडेमी, नवयुवा क्लब, गोल्डेन स्टार जुनीयर, बुडीगंगा स्पोटर्स क्लब गरी ८ वटा टिमले सहभागीता जनाएका हुन् ।

प्रतियोगीताको उत्कृष्ट गोलरक्षक अस्मित बस्नेत हुन सफल भए भने सर्वोत्कृष्ट खेलाडी अमन दाँहा चुनिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *