राष्ट्रिय खेलकुद परिषद्‌ले काभा महिला नेसन्स लिग भलिवल प्रतियोगितामा द्धितीय भएका खेलाडीहरुलाई पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई सफारिस गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्‌को कार्यकारी समितिको २०८१ साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कारका लागि सिफारिस गरेको हो।

राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपयाँ पाउने छन । यस्तै प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फीजियोले जनही एक लाख बीस हजार नगद पुरस्कार पाउने छन् ।

साउन १७ गते देखि २३ गते सम्म सन्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो । यस्तै सेमिफाईनलमा इरानलाई पराजित गरि फाईनल पुगेको नेपाली टिम भारत संग पराजित हुदाँ द्वितीय भएको हो । प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *