पहिलो पटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लूभीएल) टिमको नाम सार्वजनिक भएको छ ।
आयोजक इनफिनिटी ड्रिम्सले बिहीबार एक कार्यक्रम गर्दै ६ फ्रेन्चाइज टोलीलाई सहभागी गराउन लागिएको जानकारी दिएको हो ।
आयोजकका अनुसार काठमाडौं, ललितपुर, गण्डकी, चितवन, कर्णाली र मधेशबाट टिम राखिएको छ ।
इन्फिनिटी ड्रिम्सले महिला फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघसँग ७ वर्षको लागि सम्झौता गरिसकेको छ र लिग गरेवापत वार्षिक २५ लाख भलिबल संघलाई दिनेछ ।
