फ्रान्सको पेरिसमा सम्पन्न ३३ औँ गृष्मकालीन ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन सहभागितामै सीमित बनेको छ । 

पेरिस ओलम्पिकमा नेपालबाट विभिन्न खेलका ७ खेलाडीले सहभागिता जनाएका थिए । ६ खेलका ७ नेपाली खेलाडी सहभागी यो ओलम्पिकमा अधिकांश खेलाडीको प्रदर्शन सामान्य रह्यो । जसमा टेबलटेनिसको पुरुष सिंगल्समा श्यान्टु श्रेष्ठ सेनेगलका इब्राहिम दिआवसँग प्रिलिमिनरी राउन्डमा १४-१२, ११-३, ११-४ र ११-५ को सोझो सेटमा पराजित हुँदै बाहिरीएका थिए।

सुटिङको महिला १० मिटर एयर राइफलमा सुस्मिता नेपाली सहभागी ४४ खेलाडी मध्ये कुल ६५४ मा ६०७.८ स्कोरसहित ४२ औं स्थानमा रहिन्। पौडीको महिला २ सय मिटर फ्रिस्टायलको हिट चरणमा डुवाना लामाले निर्धारित दूरी २ मिनेट २०.७४ सेकेन्डमा पूरा गर्दै सहभागी ३१ खेलाडी मध्ये ३० औं स्थानमा रहेकी थिइन् ।

पौडीकै पुरुष १ सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर गाडेगार्ड शाहले ५१.९१ सेकेन्डको प्रदर्शन गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका थिए ।

यस्तै ब्याडमिन्टनको पुरुष सिंगल्समा प्रिन्स दाहाल समूह ‘पी’ को पहिलो खेलमा विश्व नम्बर वान डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१-८ र २१-६ ले पराजित भएका थिए ।

प्रिन्स दोश्रो खेलमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१-७ र २१-५ तथा तेश्रो खेलमा ५८ औं विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानसँग २१-१२ र २१-१० को सोझो सेटमा पराजित भएका थिए ।

जुडोको महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान सेर्बियाकी मरिका पेरिसिकसंग १०-० (इप्पोन) ले पराजित भएकी थिइन् । त्यसैगरी ओलम्पिकको अन्तिम दिन आईतबार एथलेटिक्सको महिला म्याराथनमा सन्तोषी श्रेष्ठले ७९ औं स्थानमा रहेर दौडको निर्धारित दुरी पुरा गेरकी थिइन् ।

विभिन्न राष्ट्रका ९१ खेलाडी सहभागी म्याराथनमा ८० जनाले मात्र निर्धारित दूरी ४२.१९५ किलोमिटर पूरा गरेको थियो । ११ प्रतिस्पर्धीले दौड नै पूरा गर्न सकेनन् । सन्तोषीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *