नेपालको पुरुष बिच भलिबल टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ ।

भुटानको राजधानी थिम्पुमा भएको फाइनल खेलमा नेपालका मान बहादुर श्रेष्ठ र दिल बहादर सुनारको जोडी माल्दिभ्सको जोडीसँग २-० को सोझो सेटमा पराजित हुँदै दोस्रो स्थान हासिल गरेको हो ।

नेपाल १९-२१ र १७-२१ ले पराजित भयो ।

यसअघि महिलातर्फ नेपालका कमाल पुन र मनिषा चौधरीको जोडी काभा बिच भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ ।

कमला र मनिषाको जोडीले उज्वेकिस्तानलाई २-० को सोझो सेटमा हराउँदै च्याम्पियन बन्न सफल भएको हो। नेपालले २१-१७ र २१-१४ को सोझो सेटमा जित निकाल्यो ।

नेपाली महिला जोडीले पहिलोपटक काभाको बिच भलिबलमा उपाधि जित्न सफल भएको हो। यसअघि नेपालले दुई वर्षअघि बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेको थियो ।

बिहीबारबाट शुरु भएको च्याम्पियनसिपमा पुरुषमा १० टोली र महिलामा ७ टोलीको सहभागिता रहेको थियो । महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानको सहभागिता रहेको छ ।

नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेलेका थिए । पुरुषमा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *