भारतमाथि नेपालको एतिहासिक जित

२०८१, १९ श्रावण शनिबार १७:३२

काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो । नेपालले २५-१८, १२- २५, २५-१७, १८-२५, १५-१३ ले हरायो ।

यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को सागको फाइनलमा दशरथ रंगशालामा थियो । उक्त खेलमा नेपाल ३-२ सेटले हार्दै स्वर्ण जित्नबाट चुकेको थियो ।

यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराएको थियो । भारतले पहिलो खेलमा ईरानलाई ३-१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको थियो ।

प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंकाको सहभागीता छ । शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *