खेमराज निरौलाले एफआइएफ विश्व चाम्पियनसिप २०२४ मा नेपालका लागि कास्य पदक जितेका छन्।

निरौलाले सिंगापुरमा गत २५ अगष्टमा सम्पन्न भएको विश्व प्रतियोगितामा नेपालका लागि कास्य पदक जितेका हुन।

कास्य पदक जित्ने क्रममा उनले २० देशका प्रतिस्पर्धीलाई हराँउन सफल भए। ४८ वर्षीय निरौलाले यसअघि माष्टर बढि बिल्डिङ्ग‌मा कास्य पदक, क्यासिक फिजिक्समा १७० सेमीमा पनि कास्य पदक नै जितेका थिए।

निरौलाले हालसम्म विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाइसकेका छन्। निरौला राजधानीको सामाकोसीस्थित श्री लायोंस फिटनेसका संस्थापक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *