राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तथा नेपाल स्पाइनलकर्ड इन्जरी खेलसंघको ब्यवस्थापनमा ह्विलचियर बास्केटबल सम्पन्न भएको छ।

बौद्ध इन्टरनेशनल स्कुल अत्तरखेल जोरपाटीमा शनिबार सम्पन्न खेलमा पुरुषतर्फ विभागिय टोली एपिएफ क्लब र महिलातर्फ सुदूरपश्चिम प्रदेशले उपाधि जितेको छ।

पुरुषतर्फको फाइनल खेलमा एपिएफले बागमती प्रदेशलाई २९-२० को स्कोरमा पराजित गरेको हो।

यस्तै महिलातर्फ सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई १५-१० को स्कोरमा पराजित गरेको हो।

पुरुर्षतर्फ तेस्रो गण्डकी तथा महिलातर्फ लुम्बिनी प्रदेशले कर्णली प्रदेशलाई पराजित गर्यो।

प्रतियोगितामा प्रथम हुने दुबै टीमले २० हाजर, दोस्रोले १५ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले १० हजारसहित ट्रफी मेडल पाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *