नेपाली सुटर सुस्मिता नेपाल पेरिस ओम्पिकको प्रारम्भिक (छनोट) चरणबाटै बाहिरिएकी छन् ।
१० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिताले ६०७.८अंक जोडिन् । ४३ खेलाडीमध्ये सुस्मिता ४२औं स्थानमा रहिन् । छनोटबाट आठ खेलाडीले अन्तिम चरणमा स्थान बनाएका छन् ।
यससँगै दुई नेपाली खेलाडीको ओलम्पिक यात्र सकिएको छ । यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ पनि पहिलो चरणबाटै बाहिरिएका थिए ।
यसैगरि आज नै पौडीकी डुवाना लामाले हिट चरणको २०० मिटर फ्रि-स्टायलमा प्रतिस्पर्धा गर्दैछिन् ।
