माल्दिभ्समा जारी काभा यु-२० महिला भलिबल च्याम्पियनसिपको फाइनल प्रवेशका लागि किर्गिस्तानको सामना गर्ने भएको छ।
लिग चरण समाप्तीपछि दोस्रो स्थानको किर्गिस्तान र तेस्रो स्थानको नेपाल सेमिफाइनलमा भिड्ने पक्का भएको थियो । यसैगरी अर्को सेमिफाइन शीर्ष स्थानको श्रीलंका र पुछारको माल्दिभ्सबीच हुनेछ।
लिगको अन्तिम खेलमा किर्गिस्तानलाई ३-२ ले हराउँदै श्रीलंकाले आठ अंकसहित शीर्ष स्थान पक्का गरेको थियो। किर्गिस्तान सात अंकका साथ दोस्रो, नेपाल तीन अंकका साथ तेस्रो र माल्दिभ्स अंकविहिन रह्यो।
लिग चरणमा नेपालले श्रीलंकासँग ३-१ र किर्गिस्तानसँग ३-० को हार ब्यहोर्दा माल्दिभ्सलाई ३-० ले हराएको थियो ।
दुवै सेमिफाइनल सोमबार हुने छन्।
