नेपाली राष्ट्रिय महिला भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (आइतबार) सम्पन्न पहिलो खेलमा नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो ।

रसियन टोलीसँग एकपक्षिय दबाबमा परेको नेपाल क्रमशः १७-२५, १९-२५ र १५-२५ को सेटमा पराजित भएको हो ।

काभा नेसन्स लिग २०२४ को तयारीमा रहेको नेपाली टोलीले रसियन महिला टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल भलिबल संघ (एनभीए) का अनुसार नेपालस्थित रसिया दूतावासको विशेष सहयोगमा यो मैत्रीपूर्ण खेल आयोजना भएको हो ।

नेपाल र रसियाबीचको दोश्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ। त्यसपछि नेपालले काभा नेसन्स लिग खेल्ने छ । काभा नेसन्स लिग २०२४ यहि साउन १७ गतेदेखि काठमाडौंमा आयोजना हुँदैछ

जसमा आयोजक नेपालसँगै श्रीलंका, भारत, माल्दिभ्स र इरानले भाग लिदैछ । रसियासँगको मैत्रीपूर्ण खेल र काभा नेसन्स लिगका लागि नेपालको १४ सदस्यीय टोली घोषणा भईसकेको छ।

नेपाली टोली:

अरुणा शाही (कप्तान), सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *