नेपाल राष्ट्रिय महिला भलिबल टिमले आज रसियाको टिमसँग पहिलो मैत्रीपूर्ण भलिबल खेल्दैछ ।
नेपालले यसै महिनादेखि घरेलु कोर्टमै आयोजना हुने काभा नेसन्स लिगअघि तयारी स्वरुप रसियाको टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साउन १७ गतेदेखि हुने यो प्रतियोगितामा नेपालसँगै भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउनेछन् ।
खेल तालिकाअनुसार नेपाल र रसियन टिमबीचको पहिलो खेल आज अपरान्ह पाँच बजेदेखि सुरु हुनेछ । आजको खेलपछि नेपालले भोलि नै दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । खेल नेपालस्थित रसियन दूतावासको सहयोगमा हुन लागेको हो ।
नेपाली टिमः
अरुणा शाही (कप्तान), सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, पुनम चन्द, संगम महतो, कविता भट्ट, सलिना श्रेष्ठ, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन, आरती सुवेदी, सुमित्रा रेग्मी
