च्याम्पियन लिगको पोट ३ मा एपीएफ

२०८१, १ श्रावण मंगलवार १३:२६

एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक चरणको ‘ड्र’ का लागि नेपाल एपिएफ क्लब पोट ३ मा परेको छ ।

यो पोटमा युए को अबुधाबी, सिंगापुरको लियो सिटी साइलर्स, भुटानको थिम्पु र साउदी अरेबियाको अल नासर एफसी छन् ।

यसैगरी पोट १ मा उज्वेकिस्तानको पिएफसी नसाफ, म्यानमारको मायावाडी, इरानको बिएम खातुन र भारतको ओडिशा तथा पोट २ मा हंकङकङ किट्ची एससी, लाओसको योङ इलाफेन्ट जोर्डको इत्तिहाद र सबह एफसी छन् ।

जुलाई १८ मा हुने ‘ड्र’ बाट यी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । भुटानको थिम्पु, साउदी अरेबियाको अल नासर, जोर्डनको इत्तिहाद र मलेसियाको सबहले आ आफ्नो समूहको खेल आयोजना गर्नेछन् ।

प्रारम्भिक चरणका खेल २५ देखि ३१ अगस्टसम्म हुनेछ । प्रारम्भिक चरणबाट हरेका समूहका शीर्ष टोलीले समूह चरणका लिगा स्थान सुरक्षित गर्नेछ ।

प्रतियोगिताका लागि एपिएफ महिला टोलीले प्रशिक्षण सुरु गरेको छ ।

राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका राजेन्द्र तामाङलाई क्लबले मुख्य प्रशिक्षक बनाएको छ । यसैगरी गोलकिपर प्रशिक्षक विनोद डंगोल पनि अनुबन्ध भएका छन्।

एएएफसीले पहिलो पटक महिला च्याम्पियन्स लिग आयोजना गर्न लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको लागि एपिएफको नाम सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *