कोपा अमेरिका २०२४ मा उरुग्वेले तेस्रो स्थान हासिल गरेको छ ।
आइतबार बिहान अमेरिकामा भएको तेस्रो स्थानको भिडन्तमा उरुग्वेले क्यानाडालाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराएको हो ।

यसअघि निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएको थियो । कप्तान लुइस स्वारेजले इन्जुरी समयमा गोल गर्दै उरुग्वेलाई पेनाल्टी सुटआउटसम्म पुर्याएका हुन् ।
