कोलम्बिया फुटबल फेडेरेसनका अध्यक्ष र उनका छोरासहित २७ जना पक्राउ परेका छन् ।
सोमबार अर्जेन्टिना र कोलम्बियाबीच कोपा अमेरिकाको फाइनलमा भीड नियन्त्रण गर्नेक्रममा झडप भएपछि रामोन जेसुरुन र उनका छोरा रेमन जामिल जेसुरुनलाई पक्राउ गरिएको हो ।
हार्ड रक स्टेडियममा सुरक्षा गार्डसँग झगडा गरेकोसहित तीनवटा जघन्य अपराध गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको मियामीका प्रहरी जासुस आन्द्रे मार्टिनले मंगलबार जानकारी दिए ।
सन् २०१५ देखि कोलम्बियाली फुटबल महासंघका अध्यक्ष रहेका ७१ वर्षीय रामोन दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कोनमेबोलका उपाध्यक्ष हुन्।
