अन्तिम समयमा गोल गरेर नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधवार राति भएको सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्वन्दी नेडरल्याण्ड्समाथि २-१ को पुनरागमन जित निकाल्दै साविक उपविजेता इंग्ल्याण्ड युरो कपको फाइनलमा प्रवेश गरेको हो ।

जर्मनीको डर्टमण्ड सहरस्थित बिभिबि स्टाडियन डर्टमण्ड रंगशालामा भएको रोमाञ्चक खेलमा साविक उपविजेता टोलीलाई फाइनलमा पुर्याउन कप्तान ह्यारी केन र ओले वा‌ट्किन्सले गोल गरे ।

पराजित डच टोलीका लागि भने जाभी सिमोन्सले एक गोल गरे ।

इंग्ल्याण्डले उपाधिका लागि स्पेनसंग आईतवार राति प्रतिस्पर्धा गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *