सन्जिब चर्च ब्वाइजमा अनुबन्ध

२०८१, ६ श्रावण आईतवार १३:१७

एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि चर्च ब्वाइज युनाइटेडले फरवार्ड सन्जिब विष्टलाई अनुबन्ध गरेको छ ।

क्लबले सामाजिक सञ्जालमार्फत सन्जिबलाई अनुबन्ध गरेको जानकारी दियो ।

अनन्त तामाङलाई कप्तानी जिम्मेवारी दिएको क्लबले यसअघि गोलकिपर दीप कार्की, फरवार्ड अञ्जन विष्ट, मिडफिल्डर एरिक विष्ट र लाकेन लिम्बु, विंगर आयुश घलान तथा रक्षक सनिश श्रेष्ठलाई अनुबन्ध गरेको थियो । यसैगरी क्लबले तीन विदेशी खेलाडीलाई पनि भित्र्याउने प्रयास भइरहेको बताएको छ।

टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा रमेश दंगाल छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले दशरथ रंगशालामा भुटानको पारो एफसीको सामना गर्दैछ ।

अगस्ट १३ मा हुने यो खेलको विजेता मुख्य प्रतियोगिताका लागि छनोट हुनेछ। मुख्य प्रतियोगिताको खेल अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एन्ड अवे’ का आधारमा हुनेछ।

प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्युनतम १ लाख अमेरिकी डलर प्राप्त गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *