छैटौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिभल) मा १३ स्वर्ण र ९ रजतसहित टिम दोस्रो भई स्वदेश फर्किएका खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्‌ले सम्मान गरेको छ।

परिषद्का निमित्त सदस्य सचिव अञ्जन धमलाले खेलाडीहरूलाई बधाई दिएका हुन्। प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाको टोली सिंगापुर गएको थियो। च्याम्पियनसिपमा थापाले उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्राप्त गरेका थिए।

बधाई दिँदै धमलाले खेलाडीहरूको उच्च प्रदर्शनले नेपाली शान बढेको बताए। विभिन्न विधामा खेलाडीहरू अलिश मारिकले तीन र हिमांशु खड्‌काले दुई वटा स्वर्ण ल्याएका थिए। सफल पाठक, भावेश खड्का, समीर बस्नेत र रिदम गोलेले एक/एक वटा स्वर्ण पदक प्राप्त गरे। यस्तै, बबिता थापामगरले दुई, अपेक्षा लामा र यान्चेन्ला इलावाले एक/एक स्वर्ण प्राप्त गरेको प्रशिक्षक थापाले जानकारी दिए।

यस्तै, सफल पाठक, समीर बस्नेत र रिदम गोलेले एक/एक रजत पदक पनि प्राप्त गरे। यस्तै, सेरिना पराजुली र फुर्पीग्याल्मो तामाङले दुई/दुई तथा यान्चेन्ला इलावा र ग्रुप इभेन्टमा एक/एक रजत पदक प्राप्त भएको उसु महासंघका महासचिव नवराज ढुंगानाले जनाकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *