उसुमा विजयलाई स्वर्ण

२०८१, २२ असार शुक्रबार ०७:२२

नेपाल आर्मीका विजय सिन्जालीले १६औं राष्ट्रिय उसु प्रतियोगिताको पुरुष छानछान्मा बिहीबार स्वर्ण जितेका छन् । एपीएफका विपन थापाले रजत तथा बागमती प्रदेशका हिमान्शु खड्काले कांस्य जिते ।

नेपाल उसु महासंघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताको सान्डातर्फ सेमिफाइनल चरणका सम्पूर्ण खेल सम्पन्न भएको छ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *