पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अर्को वर्ष हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलिलाई पाकिस्तान पठाउन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई मनाउने काम आईसीसीलाई दिएको छ।

कोलम्बोमा हालै बसेको आईसीसीको बैठकले च्याम्पियन्स ट्रफीको बजेट स्वीकृत गरेको थियो । आईसीसीले कुनै पनि परिस्थितिसँग जुध्न प्रतियोगिताको बजेटमा पूरक खर्च राखेको छ र यसमा भारतीय टोलीले पाकिस्तान बाहिर खेल्ने सम्भावना पनि समावेश गरेको छ।

बीसीसीआईले सधैं पाकिस्तानमा क्रिकेट खेल्ने पूर्णतया भारत सरकारको निर्णय हो भनिरहेको छ । यसअघि पनि भारतले पाकिस्तानमा आयोजना हुने एसिया कपमा टोली पठाउन अस्वीकार गरेको थियो । त्यसपछि श्रीलंकामा हाइब्रिड मोडलका आधारमा यो प्रतियोगिता आयोजना गरिएको थियो ।

पीसीबीले च्याम्पियन्स ट्रफीको मस्यौदा तालिकामा भारतका सबै खेलहरू लाहोरमा आयोजना गर्न सुझाव दिएको छ जसमा भारत सेमिफाइनल र फाइनलमा पुगेको स्थितीमा समेत समावेश छ ।

पीसीबीले अब प्रतियोगिताको समयतालिकालाई अन्तिम रूप दिन र घोषणा गर्न र भारतीय टोली पाकिस्तान जाने कि नजाने भन्नेबारे बीसीसीआईबाट पुष्टि गर्न आईसीसीलाई जिम्मा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *