समाज कल्याणमाथि सामाजिकको जित

२०८१, २१ जेष्ठ सोमबार १८:४३

सामाजिक युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार समाज कल्याण खेलकुद केन्द्रविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सामाजिकलाई जित दिलाउन युगेश श्रेष्ठ र बसन्तबहादुर रानाले गोल गरे । समाज कल्याणका लागि सन्तोष श्रेष्ठले एक गोल फर्काए ।

जितसँगै ११ खेलमा १६ अंक जोडेको सामाजिक पाँचौं स्थानमा उक्लिएको छ । पराजित समाज कल्याण समान खेलबाट १६ अंकका साथ चौथो स्थानमा छ ।

खेलको ३२औं मिनेटमा युगेशको गोलमार्फत सामाजिकले अग्रता लियो । उनले सुरज स्याङ्ताङको पासलाई पोस्टको दिशा दिए ।

बसन्तले ५२औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुम्यो । सन्तोषले ५९औं मिनेटमा गोल गर्दै समाज कल्याणलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

सोमबारनै सम्पन्न खेलमा स्वयम्भू क्लबले महावीर क्लबविरुद्ध ४-१ को सहज जित निकाल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *