आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुष तर्फ हेल्प नेपालले लगातार तेस्रो जित हासिल गरेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा सोमबार सम्पन्न पाँचौँ खेलमा हेल्प नेपालले सुदूपश्चिम स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

हेल्प पहिलो नेपालले सेट २५-१९, दोस्रो सेट २५-२० र तेस्रो सेट २५-२२ ले खेल जितेको हो।

जितसँगै हेल्प नेपालले तीन खेलमा ९ अंक जोडेको छ । पराजित सुदूरपश्चिम अंकविहिन छ ।

हेल्प नेपालले यसअघि बूढानीलकण्ठ र कोशीलाई समान ३-० को सोझो सेटमा हराएको थियो । सुदूरपश्चिम पुलिस र गण्डकीसँग समान ३-० कै सेटमा पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *