विराटनगरमा तेस्रो संस्करणको प्याब्सन विराट कप रनिङ शिल्ड फुटबल प्रतियोगिता भोलीदेखि शूरु हुने भएको छ ।

विधालय स्तरबाट र फुटबल खेलको विकाश गर्दै खेलाडीहरुलाई प्रोत्साहन गर्दै भबिस्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर फुटबल खेलाडी उत्पादन गर्ने मुख्य उदेश्यका साथ प्याब्सन विराटनगरले प्रतियोगिता आयोजनामा गर्न लागेको हो ।

प्याब्सनले विराटनगरमा आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । प्रतियोगिता जेष्ठ २८ गते देखि असार ५ गते सम्म विराटनगरस्थित सहिद मैदानमा हुने भएको हो । प्रतियोगितामा विराटनगरका २३ वटा विद्यालयले भाग लिएको प्याब्सन विराटनगर फुटबल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले नगद ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी व्यक्तिगत पुरस्कारतर्फ म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक, अनुशासित टिम, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र सर्वोत्कृष्ट खेलाडीलाई पनि उचित पुरस्कार ब्यवस्था गरिएको आयोजकले जानकारी गराएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख रुपैयाँ लाग्ने प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत सोमबार पहिलो खेल बिहान ८ बजे ग्यालेक्सी स्कुल र अर्पण स्कुल, दोस्रो खेल विहान ९ बजे मदरल्यान्ड स्कुल र एजेलिया स्कुल, तेस्रो खेल दिउँसो ३ बजे दर्पण स्कुल र विराट शिक्षा निकेतन तथा दिनको अन्तिम खेल दिउँसो ४ बजे बिकेभिएम स्कुल र मोडर्न एरा स्कुलबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको उद्धाटन समारोह भने दिउँसो ४ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *