एक सातापछि अमेरिकामा सुरु हुन लागेको कोपा अमेरिकाको तयारी स्वरुप खेलेको मैत्रीपूर्ण खेलमा ब्राजिल बिजयी भएको छ । आइतबार बिहान सम्पन्न खेलमा ब्राजिलले मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पाचौं मिनेटमै ब्राजिलका आन्द्रेस पेरेरियाले गोल गर्दै अग्रता दिलाए । ५४ औं मिनेटमा ग्याब्रिएल मार्टिनेल्लीले गोल गर्दै अग्रता दोब्बर पारे ।

सहज जिततर्फ अघि बढेको ब्राजिलविरुद्ध मेक्सिकोले त्यसपछि २ गोल हान्यो । ७३ औं मिनेटमा जुलियन क्विनोनेजले गोल गरे भने ९० मिनेटपछिको दोस्रो मिनेटमा मार्टिनेज अयालाले गोल गरेर खेल बराबरीमा ल्याए ।

तर त्यसको तीन मीनेट पछि नै ६१औं मिनेटमा मैदान छिरेका
ब्राजिलका लागि युवा खेलाडी इन्ड्रिकले बक्स भित्रबाट हेडिङमार्फत् गोल गरेर ब्राजिलको जित पक्का गरे ।
उनले भिनिसियस जुनियरको पासमा गोल गरे ।

एन्ड्रिकको यो तेस्रो अन्तर्राष्ट्रिय खेलमा तेस्रो गोल हो ।इङ्‌ल्यान्डविरुद्धको डेब्यु खेलमै उनले गोल गरेका थिए । त्यसपछि उनले स्पेनविरुद्ध पनि गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *