राष्ट्रिय सुटिङ शुरु

२०८१, २९ जेष्ठ मंगलवार २१:५१

नेपाल सुटिङ संघको आयोजनामा २६ औं पुरुष तथा २५ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिता मंगलबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको सुटिङ रेन्जमा सुरु भएको छ

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।

तीनदिने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोलीका ४७ खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव प्रदीप खाताले जनाएका छन् ।

एयर राइफल र एयर पेस्तोलको व्यक्तिगत र मिक्स टिम गरी ६ स्पर्धामा खेल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *