युरो कप २०२४ समूह ‘ई’ बाट बेल्जियम र रोमानियाले अन्तिम १६ मा स्थान बनाएका छन् ।
बुधाबार राती सम्पन्न समूह चरणको अन्तिम खेलमा बुधबार बेल्जियम युक्रेन विरुद्ध गोलरहित बराबरीमा रोकिएयो उता सोही समूहको अर्को खेलमा रोमानिया र स्लोभाकियाले पनि १-१ को बराबरी खेले ।
यी दुई नतिजा पछि समुह ‘ई’ का चार टोलीले नै समान ४ अंक भएको छ । रोमानिया र बेल्जियमको गोलअन्तर समेत बराबर भएपछि रोमानियाले धेरै गोल गरेकोले समूह विजेता बन्यो । स्लोभाकिया भने गोलअन्तरकै आधारमा तेस्रो हुँदा युक्रेन पुछारमा रह्यो ।
उता युक्रेन ४ अंक हासिल गर्दा समेत समूह चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । स्लोभेनिया र हंगेरी ३ अंक हासिल गरेर आ-आफ्नो समूहमा तेस्रो हुँदै अर्को चरण पुग्ने सम्भावना बाँकी छ । तर युक्रेन भने समूह चरणबाट घर फर्किने भएको हो ।
अन्तिम १६ मा बेल्जियमले फ्रान्सको सामना गर्ने भएको छ र रोमानियाले नेदरल्याण्ड विरुद्ध खेल्नेछ ।
