विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा ग्यालेक्सी पब्लिक स्कुल र मोर्डन एरा स्कुल बिज्यी हुँदै अन्तिम चारमा प्रवेश गरेका छन् ।

विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले एभरेष्टलाई १- ० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । जितको लागि ग्यालेक्सीका निर्णायक गोल निरज चौधरीले गरे । उनी खेलको प्लेर अफ द म्याच चुनिए ।

सोही दिन भएको दोस्रो खेलमा मोर्डन एरा स्कुलले सनसाइन स्कुललाई २-० गोलले हरायो । खेलमा दुई गोल गरेका अमन माझी प्लेयर अफ द म्याच चुनिए ।

प्याब्सन विराटनगरको आयोजनामा भएको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ छ ।

प्रतियोगिताको आइतबारको पहिलो खेल गोदावरी स्कुल र सगरमाथा स्कुलबीच र दोस्रो खेल सेन्ट जोसेफ र डिपिएस स्कुलबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *