विराटनगर सिटि फुटबल क्लब सुनसरीको भलुवामा जारी दशौं संंस्करणको भलुवा गोड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दुहबी -७ भलुवा खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा दमकको चात्या सा फुटबल क्लबलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै विराटनगर सिटि फुटबल क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
निर्धारित समयमा दुवै टिमले ३–३ गोलको बराबरी खेलेपछि खेलको नतिजा टाईब्रेकरबाट लिइएको थियो ।

निर्धारित समयको खेलमा विराटनगर सिटिको तर्फ बाट सौरब लिम्बू, दोर्जे तामङ र अशोक खवासले एक-एक गोल गरे भने चात्या साको तर्फबाट मिलन राई, अभिषेक गुरुङ र बिजु भुजेलले एक-एक गोल गरे ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका विराटनगर सिटिका गोलरक्षक निशान मगर खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई दुहबी नगरपालिका वडा नं -४ का अध्यक्ष मो. मुस्तकिम रैनले नगद ५ हजार तथा मेडल प्रदान गरे ।

आइतबार पहिलो सेमिफाइनल खेल गढी युथ स्पोर्टिङ क्लब सुनसरी र सलहेश युवा क्लब सिरहाबीच हुनेछ ।
असार ४ गते सम्म सञ्चालन हुने प्रतियोगिता कुल आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद रु ४ लाख १ सय १ रुपौया सहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछ भने उप बिजेताले नगद रु २ लाख १ सय १ रुपैयामा सहित ट्रफि, मेडल तथा प्रमाण पत्र चित बुझाउनु पर्ने छ त्यस्तै खेलमा बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई आकषर्क पुरस्कार पाउने आयोजकले जानकारी गरायो ।
